मदर्स डांस कॉम्पटीशन दिल्ली online prize distribution
Gorkha International
Connecting Gorkhas, connecting the world
Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.
Media & Community
Media & Community
Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.
7 lakhs+ global audience as per Google Analytics.
Watch Gorkha International on YouTube →Post Page Advertisement [Top]
गोर्खा इंटरनेशनल
गोर्खा मदर्स, दिल्लीद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगिताको पुरस्कार वितरण नयाँ दिल्ली, बिहीबार १३ अगस्त २०२० (निस) गोर्खाहरू जहीं गए तापनि आपसमा एकवद्ध भई सङ्कटमा परेका मानिसहरूलाई सघाउ पुर्यातउन सदैव अग्रसर हुन्छन् । हुन ता उनीहरू रोजगारका निम्ति विबिन्न महानगरतिर पसेका हुन्छन् । यद्यपि यस्ता परोपकारी कार्य गर्न आफ्नो व्यस्तताको जीवनबाट पनि समय निकाल्छन् । यसै क्रममा देशको राजधानी नयाँ दिल्लीमा सञ्चालित दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले आयोजना गरेको अनलाइन नृत्य प्रतियोगिताको अन्तिम चरणको भीडन्त समाप्त भएको छ । ए र बी दुइ समूहमा राखिएको यो प्रतियोगितामा अट्ठाइसजना प्रतियोगीहरूले भाग लिएका थिए । जसको अन्तिम चरणको भीडन्तमा बाह्रजना पुगेका थिए । यीमध्ये समूह ए मा प्रथम बृन्दा पोर्तेल, सिलगढ़ी, दोस्रो सृष्टि दुतराज, नयाँ दिल्ली अनि तेस्रो सेजल राई, कालेबुङ भए । यसरी नै समूह बी मा प्रथम रैना मुखिया, दार्जीलिङ, दोस्रो कृपा गजमेर, नयाँ दिल्ली अनि तेस्रो अदिति सुनाम, नयाँ दिल्ली भए । दक्षिण दिल्लीको वसन्त विहार अवस्थित प्रिया सिनेमा नजीकको पार्कमा आयोजित पुरस्कार वितरण समारोहमा असमको कार्बिआङलोङबाट फेशन डिजाइनर अनि मोडेल जितिका देवी अनि युनिक डान्स अकादमीका प्रमुख अनि उक्त प्रतियोगिताका एकजना निर्णायक गुरू धनराज पैजापुन उपस्थित थिए । उहाँहरूको बाहुलीबाटै विजेताहरूलाई पुरस्कार प्रदान गरियो । यो प्रतियोगितामा कालेबुङबाट गुरू बिकास दर्नाल सिलगढ़ीबाट गुरूमा शान्ति लामा, दार्जीलिङबाट गुरू मणि थापा, खरसाङबाट गुरू गगन थापा ग्रेगरी अनि नयाँ दिल्लीबाट गुरू धनराज पैजापुनले निर्णायकगणको रुपमा योगदान दिएका थिए । प्रतियोगिताको आयोजन, प्रतियोगीहरू, उनका अभिभावकहरू, निर्णायकगण लगायत सम्बन्धित अन्य मानिसहरूसित समन्वयन गर्ने काम मुख्य समन्वयक प्याट्रिसिया निकोलस थिइन् भने पूर्व सञ्चार सचिव नोमी खातीले पनि उतिकै सक्रियताका साथ काम गरेकी थिइन् । यसरी नै यो प्रतियोगितालाई सफल पार्न संस्कृतिक सचिव भूमिका चामलिङ, अध्यक्षा अनु शिल्पकार, महासचिव पूनम सिंह, अन्य पदाधिकारीहरू कविता गुरूङ राई, दीपा छेत्री, निशा रसाइली, सतिमा राई, रीता मङ्ग्राती, जलिना ठाकुर, अमृता लेप्चा, सबिता राई, रोशनी कालिकोटे, गीता तामाङ गुरूङ, मामिला घतानी, सुष्मा गोम्स, खुशी रसाइली, दीपा छेत्री अनि अरूहरूको विशेष भूमिका रहेको थियो । यसरी नै पुष्पा सिंह अनि लीला शङ्करले अरू बेला जस्तै खानाको व्यवस्थापनमा मुख्य भूमिका निभएका थिए । यो प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीको पक्षबाट नोमी खातीले धन्य़वाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको आशा राखेकी जानकारी दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी वर्तमान सञ्चार सचिव सुनीता राईले दिएकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment