Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

 उपकुलपति पदमा डा. शान्ति छेत्री

कलकत्ता, २७ फरवरी 

        २५ फरवरी २०२१-मा पश्चिम बङ्ग प्रशासनको उच्च शिक्षा विभागले प्रकाशित गरेको अधिसूचनाअनुसार जपलाइगढीको प्रसन्नदेव महिला महाविद्यालयका प्राचार्य डा. शान्ति छेत्रीलाई गौड़ बङ्ग विश्वविद्यालयका उपकुलपति पदमा नियुक्त गरिएको छ। २ मार्च २०२१ अपराह्न वर्तमान उपकुलपति प्रो. चञ्चल चौधरीको कार्यकाल पूरा भएपछि आगामी ४ वर्षका लागि ३ मार्च २०२१ पूर्वाह्न डा. छेत्रीले उपकुलपतिको  कार्यदायित्व ग्रहण गर्नेछन् 





     अर्थशास्त्र विषयमा उत्तर बङ्ग विश्वविद्यालयबाट एम. ए. पीएच. डी. बनेका डा. छेत्री आफ्नो प्रारम्भिक शिक्षण व्यवसायको थालनीमा दार्जिलिङको सन्त जोसेफ्स महाविद्यालयमा व्याख्याता र वरिष्ठ व्याख्याता थिए। त्यसपछि प्रपाठक अनि उपप्राध्यापक बनेका डा. छेत्री प्रसन्नदेव महिला महाविद्यालयमा लामो समयसम्म प्राचार्य रहेका छन्। 

      अधिसूचनाअनुसार उनले आगामी ३ मार्च २०२१-देखि गौड़ बङ्ग विश्वविद्यालयका उपकुलपति पद ग्रहण गर्ने थाहा लागेको छ। 

       अलिपुरद्वारको छिप्रा बस्तीमा जन्मेका र हुर्केका छेत्रीले अर्थशास्त्र विषयमा आधिकारिक लेखहरू विभिन्न शोध पत्रिकातिर प्रकाशित गरिसकेका छन्। १९८०-को दशकका प्रारम्भिक वर्षमा उनी उत्तर बङ्ग विश्वविद्यालयका एकजना सफल छात्रनेता थिए। विपक्षी समूहमा पनि पात्रता बनाइराख्नाका साथै शिक्षण क्षेत्रमा कुशल प्रशासकीय वरीयता सिद्ध गरिसकेका छन्।

      स्मरण गराइन्छ कि डा. शान्तिकी पत्नी र छोरो पनि शिलगढी कलेजमा शिक्षण व्यवसायमै छन्। 

०००

News courtesy :

'हिमालय दर्पण', शिलगढी, १ मार्च २०२१, पृ० ४

http://epaperhimalayadarpan.com/ArticlePage/APpage.php?edn=Siliguri&articleid=HIMALAYADA_SIL_20210301_4_1&artwidth=41.93333333333333px




No comments:

Post a Comment

Bottom Ad [Post Page]