नेपाली भाषाको प्रवर्द्धनको लागि नेपाली भाषा बोर्डको स्थापनार्थ सम्पूर्ण भारत भरीका नेपाली संघ संस्था एवं बुद्धिजीवी समुदायको लामो समयदेखिको मागको सन्दर्भमा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्यश्री बालकृष्ण जी महाराज एवं केंद्रीय शिक्षा मंत्री माननीय डॉ रमेश पोखरियाल 'निशंक' जी बिच भएको गहन चर्चा एवं विमर्श पछि नेसनल बुक ट्रष्ट, शिक्षा मन्त्रालय, भारत सरकारको मातहतमा ११ सदस्यीय नेपाली भाषा परामर्श समितिको गठन भएकोमा नेपाली भाषा प्रेमि सबै लागि बधाई टक्र्याउँदछौ।
उक्त बैठकमा हाम्रो स्वाभिमान का वरिष्ठ पदाधिकारी आदरणीय मोहन कार्की जी, आदरणीय राहुल कुंवर जी, आदरणीय बाबूराम शर्मा जी, आदरणीय प्रोफेसर डॉ. युबराज पोखरेल जी, आदरणीय दिल बहादुर थापा जी, आदरणीय रतन मल्ल जी एवं आदरणीय लोकनाथ भंडारी जी को पनि उपस्थित रहेको थियो।
#NationalBookTrust #NepaliAdvisoryPanel
#HamroSwabhiman #नेपाली_भाषा_बोर्ड
Acharya Bal Krishna Dr.Ramesh Pokhriyal Nishank



No comments:
Post a Comment