गेटवे पेमेन्ट सर्भिस प्रा.लिले अन्तरआबद्धता तथा मोबाइल प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal) सञ्चालनका लागि भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीच विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागेको हो ।
त्यसैले अब भारतीय नागरिकहरु नेपाल आउँदा र नेपालीहरु भारत यात्रा गर्दा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । सम्झौतामा गेट वेको तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, एनपीसीआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।
धेरै खुशीको खबर ।
ReplyDeleteThis step will will strengthen the mutual relationship between India and Nepal and solve the problems related to small transactions between two nations citizens during their dealings.
ReplyDelete