Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media

Media & Community

Gorkha International connecting Gorkhas connecting the world across borders through trusted media, community initiatives and cultural storytelling.

10 lakhs+ international audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

 


अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त

नेपालीमुलका रीना(रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नती भएकी छन् । उनी अमेरिकामा नेपाली समुदायबाट संभवत: पहिलो नेपाली महिला न्यायाधीश हुन् ।


रन्जीताले यही १५ जूनमा  ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथग्रहण गरेकी थिइन् । कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो ।

रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि यूकेबाट पनि सहभागी भएका थिए । पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ । भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिए । पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरिकी हुन् । पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए । रीनाले New England school of law Boston JD(Juri’s doctor) गरिकी हुन् ।

 

पुरानो गाउँ धम्पुस  स्व उदय बहादुर गुरूड र स्व कुन्ति देबि गुरूड को नातिनी , हाल न्यूयोर्क क्विन्स फुस्लिङ निवासी पूर्व ब्रिटिस सैनिक यामबहादुर गुरुङ र राजकुमारी गुरुङकी छोरी नेपाली डायस्पोरामा पहिलो न्यायाधीश बनेकी छन् ।

 

छोरी न्यूयोर्क राज्य र सम्पूर्ण संयुक्त राज्य अमेरिकामा नियुक्त भएकोमा उनका परिवारजनले खुसी व्यक्त गरेका छन् ।

1 comment:

Note: only a member of this blog may post a comment.

Bottom Ad [Post Page]