Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]



 हाम्रो स्वाभिमान ट्रस्टको वार्षिक बैठक र राष्ट्रिय सम्मेलन 

शीर्षक: भारतमा नेपाली भाषाको विकास दिशा बोधार्थ राष्ट्रिय सम्मेलन 

मितिः 10-11 जुलाई 2021 ( शनिवार र आइतवार)


सेवामा

नेपाली/गोर्खा समुदाय का

समग्र विद्वान बुद्धिजीवी वर्ग एवं संघ संस्था हरु।


आदरणीय महानुभाव

हाम्रो स्वाभिमान ट्रस्टको अभिवादन स्वीकार्नु होला। यसको उद्देश्य र गतिविधि सङ्गठनकै वेबसाइटमा उपलब्ध छ र उपलब्ध भइरहने छ। यसपालि अर्थात् यो वर्ष हामीले एक बुँदे कार्ययोजना लिएर अघि बढ्न तय गरेकाले भारतमा नेपाली भाषाको चौतर्फी विकास गराउनु मुख्य उद्देश्य रहेको छ। भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त भाषाहरूले पाउने सुविधा तथा प्रावधानबारे खोज-अनुसन्धान गरी सरकारी तन्त्र तथा निकायहरूबाट पाइने सहयोग प्राप्त गर्ने दिशामा हामी कार्यरत छौँ। तर यो अभियान साझा हुनुपर्छ। यसको उपलब्धि पनि साझा हुनुपर्छ। त्यसकारण हामीले धेरै विज्ञजन, लेखकवर्ग, सो क्षेत्रमा रुचि राख्ने व्यक्तित्व एवम् साहित्यिक-सामाजिक सङ्गठनलाई क्रमशः जोड्दै, विचार विनिमय गर्दै सबैको सहयोग लिदैँ लक्ष्यमा पुग्न सोचेका छौँ। यस्तो अभियान लिँदाँ कुनै समयमा आफ्नो चाहना अभिव्यक्त गर्न ठुलो जमघटको खाँचो अनुभव हुँदो रहेछ। उक्त जमघटमा औपचारिक तथा अनौपचारिक रूपमा हामीले धेरै जानकारी साझा गर्दै सोच-विचारहरू साटासाट गरी आफै खारिने मौका पाउँछौँ।

त्यसकारण आउँदो 10 देखि 11 जुलाई 2021 का दिन 2 दिने कार्यक्रम लिएर हरिद्वारको पतंजलि योगपीठ फेज2-मा भारतमा नेपाली भाषाको विकासार्थ दिशा निर्देशनका लागि राष्ट्रिय सम्मेलन तथा हाम्रो स्वाभिमान ट्रस्टको वार्षिक बैठक आयोजन गरिएको छ। खुसीको कुरा के छ भने परम श्रद्धेय योगगुरु स्वामी रामदेव जी महाराजको सनिध्यमा यो सम्मेलन आयोजित हुँदै छ, अनि यो सङ्गठनको अध्यक्ष त स्वमं आयुर्वेद शिरोमणि आचार्यश्री बालकृष्ण जी महाराज नै हुनुहुन्छ। 

यसपालि पनि यो सम्मेलनको उपलक्ष्यमा पहिलो दिनै विभिन्न विधा वा क्षेत्रमा ख्याति प्राप्त हाम्रा विभूतिहरूलाई हाम्रो स्वाभिमान ट्रस्टले परम श्रद्धेय योगगुरु स्वामी रामदेव जी महाराज र आयुर्वेद शिरोमणि आचार्यश्री बालकृष्ण जी महाराजको बाहुलीबाट हाम्रो गौरव सम्मान प्रदान गर्ने छ। 

यो सम्मेलनको आम सभामा भारत सरकारका शिक्षा मन्त्री, उत्तराखण्ड सरकारका शिक्षा मन्त्री, माननीय सांसद माला राज्यलक्ष्मी शाह, माननीय सांसद राजु विष्ट,  उत्तराखण्ड मुक्त विश्वविद्यालय(हल्दवानी) का उपकुलपति, एनबीटीका निर्देशक कर्नेल युवराज मलिक, पूर्व सांसद दिलकुमारी भण्डारी ज्यु हरूको पनि उपस्थित रहने सन्भावना छ भने श्रद्धेय योगगुरु स्वामी रामदेव जी महाराज र आयुर्वेद शिरोमणि आचार्यश्री बालकृष्ण जी महाराजको सान्निध्य त प्राप्त हुन्छ नै। यो कार्यक्रममा सामेल तथा साक्षी हुन भारतका विभिन्न साहित्यिक, सांस्कृतिक, सामाजिक सङ्गठनहरूलाई निमन्त्रण गरिन्छ, गरिएको छ। यो प्रस्तावित सम्मेलनमा अन्ततः एक हजार प्रतिनिधि वा आमन्त्रितहरूलाई बस्ने-खाने चाहिँ निशुल्क रूपमा प्रबन्धन गर्दै स्वागत गर्न हामी सक्षम छौँ। यसै अवसरमा हाम्रो स्वाभिमान ट्रस्टको सदस्य बन्न चाहने-इच्छुकले चाहिँ ५००/-(पाँच यस) रुपियाँ दिएर सदस्यता रजिस्ट्रेसन गराउनु अनुरोध गर्दछौं। 

यसै सिलसिलामा के पनि अनुरोध गर्न चाहन्छौँ भने प्रस्तावित सम्मेलनमा सबैका लागि आआफ्नो कार्यपत्र पेस गर्न वा भनाइ राख्न सुविधा नहोला, त्यसकारण जुलाई महिनाको हाम्रो सन्देश अङ्क भारतमा भाषा विकास अङ्क बनाउन तय गरेका छौँ। त्यसैले निर्धारित शीर्षकबारे दिशानिर्देशन(रोडम्याप) तयार हुन सक्ने लेख-रचनाहरू 31 मे 2021 भित्र इमेलमा युनिकोड (वर्ड फाइल)मा उपलब्ध गराइदिन हार्दिक अनुरोध छ।

समग्रमा के भनौँ भने भारतमा नेपाली भाषाको विकासको स्वार्थमा एकपल्ट हामी सबै जुटौँ, सरसल्लाह गरौँ, यो क्षेत्रमा काम गर्न दिशानर्देशन(रोडम्याप) तयार गरौँ, जसको जे ज्ञान, दक्षता र सुविधा छ त्यसको उपयोग गरौँ र उपलब्धिहरू हासिल गरौँ। यस सिलसिलामा 9 जुलाई 2021(शुक्रवार) को बेलुकीसम्ममा हजुरहरू सङ्गठनको थप कार्यकर्ता तथा मान्यजनका साथ अथवा व्यक्तिगत रूपमा जसरी भए पनि हरिद्वार(हरिद्नार मूल सहरभन्दा 15 किमि पहिलै) पतंजलि-फेज 2 मा आइपुग्नु होला। आउनेहरूले 15 जुन 2021 सम्ममा कुनै पनि माध्यमले गाँस बासका लागि हामीलाई अवगत गरिसक्नुपर्छ। अन्त्यमा यहाँहरूको हार्दिक सहयोगको अपेक्षा राख्दै अस्तु-

भवदीय

मोहन कार्की

केन्द्रीय संयोजक 

 हाम्रो स्वाभिमान ट्रस्ट

सम्पर्कः मोबाइल/ह्वाट्स-एप:  +91- 9911316600     

इमेलः theyogaguru.mohan@gmail.com

मितिः 30 मार्च 2021,पतंजलि, हरिद्वार

यातायत-

(1) दिल्ली बस अड्डा(ISBT) बाट हरिद्वार जाने बसमा जाँदा रुडकी पार भएर मूल हरिद्वार पुग्नुभन्दा 15 किमि पहिलै पतंजलि फेज2 आइपुग्छ।

(2) दिल्लीबाट चार हजार रुपियाँ भित्रै क्याबले पुऱ्याइदेला। हरिद्वारबाटै क्याब मगाउन पनि सकिन्छ। 

(3) देहरादून हवाई अड्डा बाट १ घन्टाको ट्याक्सी यात्रा ।


No comments:

Post a Comment

Bottom Ad [Post Page]