Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]







 १० फेव्रुअरीदेखि १२ फेरवरीको सर्व भारतीय कार्यक्रम हुने र सम्पुर्ण राजनैतिक र गैर राजनैतिक दलहरूलाई आमन्त्रित गर्ने: महासचिव गौतम कालिकोटे छेत्री।

भारतको सड्धीय गणतान्त्रिक  निर्माणकालको अवधिमा एवं स्वाधीनताको राष्ट्रिय सडधर्षमा साथै सड्धीय शासनको धडेरी बसाउनमा योगदान दिने समुहमा अन्य भारतीय जातिसितै, एउटै लहरमा गोर्खा जातिको पनि निस्वार्थ सहयोग र भागीदारी भएको इतिहासलाई कसैले नकार्न सकिंदैन। गान्धीजीको सत्याग्रह देखि लिएर नेताजी सुभाषचन्द्र बोसको सशस्त्र आन्दोलनमा भारतीय गोर्खाहरुको शतप्रतिशत योगदान र भागीदारी भएको गरिमामय अनि महिमामय इतिहास हुँदाहुँदै पनि  यो इतिहास सही ढड्गमा नबुझिदिदा,अनि केन्द्रीय सरकारलाई सही ढड्गमा नबुझाइदा, आजसम्म भारतका गोरखाहरू भ्रम र भ्रान्तिपुर्ण संदिग्ध राष्ट्रिय परिचय लिएर बाँच्नु परिरहेको छ।भारत देशको स्वतन्त्रता पश्चात्  कार्यापालिका, शासन व्यवस्थापिका र न्यायपालिकामा हाम्रो भारतीय गोर्खाहरू विस्थापित भएका छौं।सन् १९५० मा भारत सरकारको पुनर्स्थापना योजना अन्तर्गत यस समुदायलाई देशका विभिन्न राज्यका शहरमा आधा मनस्थितिमा बसाइयो ।  आफ्नो जीवनलाई सुधार्न संघर्ष गर्दै र समुदायको रूपमा विखण्डित हुँदै गएका भारतीय गोर्खाहरुले आफ्नो आवाज र कानुनी मागलाई व्यवस्थित र एकीकृत रूपमा सरकारसम्म पुराउन सम्पुर्ण भारत भरी छरिएर बसेका गोर्खाहरुलाई जिम्मेवारी र कर्तव्य महशुस गराई सहभागिता गराउने प्रयास गर्ने Gorkhaland State Demand National Committee १८ डिसेम्बरमा निर्माण गरि पछि आज प्रधाननगर स्थित होटल सिलगुढीमा दार्जिलिङ कालिम्पोङ,बिजनबारी मिरिक,डुवर्स र सिलिगुडी सम्पुर्ण गोर्खाल्याण्ड क्षेत्रिय राज्य र केन्द्रीय समितिको सदस्यहरुमा महत्वपूर्ण बैठक भयो। यस बैठकमा गोर्खाल्याण्ड क्षेत्रको सम्पुर्ण राजनीतिक र गैर राजनीतिक दलहरूलाई दिल्लीको १० तारिखदेखि १२ तारिखको GSDNC को  राष्ट्रिय कार्यक्रममा आमन्त्रण गरिने निर्णय लियो। प्रत्येक राजनैतिक दलहरू र गैर राजनैतिक दलहरू मिलेर भारतीय गोर्खाहरुको पहिचान, अस्तित्व र अस्मिताको सवाललाई सम्बोधन गर्न अराजनैतिक तरिकाले सामाजिक क्रान्तिको सर्व भारतीय स्तरमा परिचालन गर्न सक्ने परिवेश निमार्ण गर्न आवश्यक छ र गोर्खाल्याण्ड राज्यको क्षेत्रिय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्न अध्यक्ष श्रीमान प्रभाकर देवानले आव्हान गर्नु भएको छ। बैठकमा राज्य समितिका अध्यक्ष, उपाध्यक्षहरु, महासचिव र सहसचिवहरुको उपस्थिति रहेको थियो।

CPRM का महासचिव श्रीमान अरूण धताती ज्यूले उहाँको राजनैतिक दलबाट धेरै सदस्य उपस्थिति हुने जिनकारी दिनुभयो। यसरीनै सबै राजनीतिक दलहरुलाई पनि उपस्थिति हुने अनुरोध गर्ने निर्णय लियो।

गोर्खाको राष्ट्रिय चिह्नारीको प्रश्न हल हुनसकेन भने भारतमा गोर्खाहरूको राजनैतिक अस्तित्व सधैँ नै सङ्कटम परिरहनेछ । त्यसैले हेर्दा गोर्खा राज्य गठनको मुद्दा भारतको एउटा अल्पसङ्ख्यक जातिको जातीय आकाङ्क्षापूर्तिको सवाल जस्तो मात्र देखिए पनि यथार्थमा यो गणतान्त्रिक भारतको सङघीय प्रणालीमा अनदेखा गरिएको एक अद्वितीय मुद्दा हो।  यसलाई साकार पार्ने उदेश्य गोर्खाल्याण्ड राज्य निर्माण राष्ट्रिय समितिले राखेको छ।गोर्खाल्याण्ड " भारतीय गोर्खाहरूको राजनीति भन्दा माथिको विषय हुनाले सबै राजनीतिक , भाषिक , सामाजिक र साहित्यिक संगठनहरूले समर्थन गर्नु पर्दछ  भने मत सम्पुर्ण सहभागीहरुले राखेका थिए।

No comments:

Post a Comment

Bottom Ad [Post Page]