Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]





 Shattila Ekadashi - षट्तिला एकादशी 18th January 2023

(तपाई हामीले जान्नु पर्ने धार्मिक जानकारी) 


ॐ विष्णवे नम: ॐ नमो भगवते वासुदेवाय नम: 


हिंदू पंचांग अनुसार माघ महीनेको कृष्ण पक्षमा पर्न एकादशी तिथि 17 जनवरी 2023 बेलुका 6 बजेर 5 मिनट देखि 18 जनवरी 2023 को बेलुकी 4 बजेर 3 मिनट सम्म रहेको छ। ब्रत बस्ने तिथि 18th January, Wednesday हो। 


1. षट्तिला एकादशीको महत्त्व: माघ महिनको कृष्ण पक्ष तिथिमा पर्ने एकादशीलाई षट्तिला एकादशी भनिन्छ। यसलाई 'माघ कृष्ण एकादशी', 'तिला एकादशी' आदि विभिन्न नामले वर्णन गरेको पाइन्छ। 


2. संस्कृतिमा, षट् अर्थात् 6 वटा र तिल अर्थात् तिलको दाना ( Sesame Seeds), यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको साथै नामाकरण भएको बुझिन्छ। यस एकादशीम तिलको (sesame) धार्मिक महत्व बुझिन्छ। हिन्दु धर्म अनुसार, तिल भगवान विष्णुको पसिनाबाट उत्पन्न भएको व्याख्यान गरेको छ। षटतिला एकादशी व्रतको समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोलेनै षटतिला भनिएको हो। 


3. हिन्दु वैदिक धर्म अनुसार माघ महिन तीर्थ स्थानको लागि अतिनै उत्तम मानिन्छ। विशेष गरि माघ महिनमा स्वस्थानी माताको व्रत भगवान शंकरको आशिर्बाद प्राप्तिको लागि गर्ने परम्परा रहेकोछ। 


4. तिलको धार्मिक विशेषत: हिन्दु वैदिक धर्ममा तिलले महत्त्वपूर्ण स्थान हासिल गरेको छ। कुनै पनि शुद्धिकरण कार्यमा तिलको प्रयोग अनिवार्य मानिन्छ। जस्तै तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पृति तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ। 


षटतिला एकादशीम विशेष गरि तिलको महत्वको वर्णन गरिएको छ। तिललाई धार्मिक र आध्यात्मिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ।  एकादशीमा तिल दान गर्नु र भगवान् विष्णुको नाम लिनु धेरै महत्त्वपूर्ण छ। व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यतिनै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ। श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता रहेको छ। 


5. षटतिला एकादशीको पौराणिक कथन: अन्न दानको विशेषता। 


पौराणिक कथन अनुसार एक दिन नारदमुनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास वैकुण्ठ पुगे। त्यहाँ नारदमूनि लाई विष्णु भगवानले श्रद्धापूर्वक स्वागत गरे। नारदले सोही मौकामा षटतिला एकादशी व्रतका बारेमा विष्णुसँग जिज्ञासा राख्नु भयो। विष्णुले पनि यस एकादशीको व्रतको महिमा सबै कथा बेलिबिस्तार सुनाइदिए। 


कथा अनुसार त्यति बेला पृथ्वी लोकमा एक ब्राम्हणी बस्दथिन्। ब्राम्हणी विष्णुप्रति धेरै श्रद्धा भक्ति गर्दथिन्। एक दिन ती ब्राम्हणीले विष्णुको भक्ति स्वरूप एक महिना लामो व्रत बसिन्। व्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन्। विष्णुले आफ्नो भक्त सबै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्तनै रहने कुरा मनन गरे। भगवान विष्णुको सल्लाह अनुसार ब्राम्हणीले पनि यसै एकादशीको प्रभावले तिल र अन्ना दान गरेको हुनाले स्वर्गमा बास पाएको वर्णन नारदलाई सुनाए। यसै कारण षटतिला एकादशी व्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा वैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ। 


6. षटतिला एकादशीका धार्मिक विश्वास: 

षटतिला एकादशीको दिन तिल मिश्रित खिचडी पकाई विष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ। साथै रात्रिको समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भागवते बासुदेवाय स्वाहा भन्दै  मन्त्रोच्चारण गरी हवन् अर्पण गर्ने गरिन्छ। षटतिला एकादशीको व्रत पापहरूको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस दिन व्रत बस्नाले मानसिक र शारीरिक दुवै कष्टहरूबाट मुक्ति मिल्ने अनि भगवान् विष्णुको असीम अनुकम्पा प्राप्त हुने जनविश्वास छ। 


यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ। 


एकादशीको दिन काँसाको भाँडामा, मास, मह, चावल, नुन, तेल र अन्य अन्नहरूको सेवन नगरी चोखो बसेर भगवान् विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरी एकादशी व्रत बस्ने चलन छ। 


श्री हरि भगवान विष्णुको आशिर्बाद सदैव रहोस्। जय षट्तिला एकादशी। जय एकादशी माता। ॐ शान्ति! By Dr. R. B.Biswakarma.

No comments:

Post a Comment

Bottom Ad [Post Page]