Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

 






हनीमूनको नाममा हत्या : इन्दौरका राजा रघुवंशीको चेरापुँजीमा हत्या, पत्नी सोनमले गाजीपुरमा आत्मसमर्पण

इन्दौर/शिलोंग/गाजीपुर, ९ जुन – इन्दौरका नवविवाहित जोडी राजा रघुवंशी र उनकी पत्नी सोनम रघुवंशी हनीमून मनाउन मेघालय गएका थिए। तर यो प्रेममय यात्रा एक भयावह अपराधमा परिणत भयो।


२ जुन २०२५ का दिन राजा रघुवंशीको शव मेघालयको प्रसिद्ध पर्यटकीय स्थल सोहरा चेरापुँजीस्थित एक झरनाको नजिक फेला परेको थियो। प्रारम्भिक रिपोर्ट अनुसार उनकी पत्नी सोनम हराइरहेकी थिइन् र अपहरण भएको आशंका गरिएको थियो। घटनाले सबैलाई चकित तुल्याएको थियो।


तर पछिल्लो घटनाक्रममा ठूलो खुलासा भएको छ। राजा रघुवंशीकी पत्नी सोनम रघुवंशी उत्तर प्रदेशको गाजीपुरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन्। प्रारम्भिक अनुसन्धान अनुसार, सोनमले आफ्नै श्रीमानको हत्या गराउनका लागि सुपारी किलरहरू भाडामा लिएर हनीमूनकै दौरान योजना अनुसार हत्या गराएकी थिइन्।


प्रहरी स्रोतका अनुसार, हत्याको योजना पहिले नै तयार पारिएको थियो र मेघालय भ्रमणको नाममा राजा रघुवंशीलाई फसाइएको थियो। हत्यापछि फरार रहेकी सोनमलाई खोजी भइरहेको बेला उनी आफैं गाजीपुर प्रहरीसमक्ष उपस्थित भएकी हुन्।


यो घटनाले सम्पूर्ण समाजलाई झक्झक्याएको छ। विवाहजस्तो पवित्र सम्बन्धलाई प्रयोग गरी गरिएको यस्तो जघन्य अपराधले सामाजिक मूल्य र नैतिकताको स्तरप्रति गम्भीर प्रश्न खडा गरेको छ।

No comments:

Post a Comment

Bottom Ad [Post Page]