Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]









  *अहमदाबाद विमान दुर्घटनाप्रति राजा चाल्र्सद्वारा शोक व्यक्त, उद्धारकर्मीप्रति सम्मान प्रकट*



लण्डन/अहमदाबाद, जुन १२:

अहमदाबादमा आज बिहान भएको दुखद विमान दुर्घटनापछि बेलायती सम्राट राजा चाल्र्सले गहिरो दुःख व्यक्त गर्दै पीडित र तिनीहरूको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।


आधिकारिक सन्देशमा राजा चाल्र्सले आफु र रानी क्यामिलाले अहमदाबादमा घटेको “भयानक घटनाले अत्यन्तै स्तब्ध” बनाएको बताउनुभएको छ। उहाँले यो दु:खद घडीमा पीडितहरूको परिवार, आफन्तजनप्रति गहिरो समवेदना र विशेष प्रार्थना पठाउनु भएको छ।


“धेरै राष्ट्रहरूका लागि गहिरो पीडादायक यो घटनाबाट प्रभावित परिवारहरू आफन्तको समाचार पर्खिरहेका छन्,” उहाँले भन्नुभयो। उहाँले आपतकालीन सेवामा खटिएका उद्धारकर्मीहरूको वीरता र सहायता प्रदान गरिरहेका सबैप्रति विशेष श्रद्धा अर्पण गर्नुभएको छ।


राजा चाल्र्सको सन्देश अहिले विश्वभर साझा भइरहेको छ, जहाँ अन्य नेताहरूले पनि एकजुटता र सहानुभूति प्रकट गरिरहेका छन्।


यसबीच भारतमा सम्बन्धित निकायहरूले उद्धार तथा राहत कार्य तीव्र पारिरहेका छन् र दुर्घटनाको कारण पत्ता लगाउन छानबिन भइरहेको छ।

 *अहमदाबाद विमान दुर्घटनामा पूर्व गुजरात मुख्यमन्त्री विजय रूपाणी सवार थिए निधनको आशंका*





आज अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेको एयर इन्डियाको उडान AI171 मा पूर्व गुजरात मुख्यमन्त्री विजय रूपाणी सवार रहेको रिपोर्ट छ। उहाँको मृत्यु भएको आशंका गरिए पनि हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।


लण्डनका लागि उडेको बोइङ ७८७ ड्रीमलाइनर विमानमा २३० यात्रु र १२ चालक दलसहित जम्मा २४२ जना सवार थिए। रूपाणी लण्डनमा बसोबास गर्दै आएकी छोरीलाई भेट्न गइरहेका थिए भन्ने बताइएको छ।


दुर्घटनापछि उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। घटनास्थलमा अग्निनियन्त्रक तथा आपतकालीन उद्धार टोली खटिएका छन्। उद्धार कार्य सहज बनाउन सुरक्षाकर्मीहरूले दुर्घटनास्थल घेराबन्दी गरेका छन्।


घटनाबारे थप विवरण आउँदै गरेका छन्। देशभर चासो र चिन्तासहित यात्रु तथा चालक दलका सदस्यहरूको अवस्थाबारे आधिकारिक जानकारीको प्रतीक्षा गरिएको छ। सरकारद्वारा चाँडै दुर्घटनासम्बन्धी आधिकारिक विज्ञप्ति जारी हुने अपेक्षा गरिएको छ।थप जानकारी आउने क्रम जारी छ।


फोटो आजको एकजना सहयात्री ले पूर्व मुख्यमंत्री संग भनेर साझा गरिएको सेल्फी भनिएको छ। श्रोत : सामाजिक सञ्जाल



एयर इन्डिया १७१ विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूमध्ये पूर्व गुजरात मुख्यमन्त्री विजय रूपाणी पनि हुनुहुन्छ भनी केन्द्रीय मन्त्री सी. आर. पाटिलले पुष्टि गर्नुभएको छ।


विजय रूपाणीको जन्म याङ्गुन (बर्मा) मा भएको थियो। उहाँ भारतीय जनता पार्टीका नेता हुनुहुन्थ्यो र सन् २०१६ देखि २०२१ सम्म गुजरातको १६औँ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको थियो। साथै, उहाँले गुजरात विधानसभामा राजकोट पश्चिम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नुभएको थियो।




*एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाका पीडित परिवारलाई टाटा समूहद्वारा ₹१ करोड सहयोग घोषणा*


अहमदाबादमा भएको भयावह एयर इन्डिया फ्लाइट १७१ को दुर्घटनापछि टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।


सार्वजनिक वक्तव्यमा अध्यक्ष चन्द्रशेखरनले भने, “यस क्षणमा हामीले अनुभूत गरिरहेको पीडालाई शब्दहरूले व्यक्त गर्न सक्दैनन्। हामी मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं र घाइतेहरूप्रति प्रार्थना गर्दछौं।”


टाटा समूहले तुरुन्तै राहतस्वरूप दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई ₹१ करोड दिने घोषणा गरेको छ। साथै, घाइतेहरूको सम्पूर्ण उपचार खर्च टाटा समूहले बेहोर्ने र आवश्यक सम्पूर्ण उपचार तथा सहयोग सुनिश्चित गर्ने बताइएको छ।


यसका साथै, बी.जे. मेडिकल कलेजको होस्टल भवन निर्माणमा समेत टाटा समूहले सहयोग गर्ने घोषणा गरेको छ। उक्त मेडिकल कलेजले उद्धार र आपतकालीन सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।


“हामी यस दुःखद घडीमा पीडित परिवार र समुदायसँग दृढतापूर्वक उभिएका छौं,” अध्यक्ष चन्द्रशेखरनले भने।


लन्डनतर्फ जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमानमा २३० यात्रु र १२ चालक दलसहित २४२ जनाको ज्यान गएको पुष्टि भएसँगै राष्ट्र शोकमा डुबेको छ।

 सीट 11A मा रहेका यात्रु रमेश विश्वकुमार आज अहमदाबादमा भएको दुर्भाग्यपूर्ण एयर इन्डिया विमान दुर्घटनाका एकमात्र चमत्कारी जीवित बाँचेका व्यक्ति हुन।  





  *उत्तरपूर्व की दुई क्याबिन क्रु साथमा मनिषा थापा थिए दुर्घटनाग्रस्त एयर इंडिया विमानमा*

 









मणिपुरका दुई क्याबिन क्रु सदस्यहरू — नङन्थोई शर्मा कोंगब्रैलात्पाम र लामनुनथेङ सिङसोन् — जुन १२ मा गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानमा सवार थिए। 

*गोर्खा समुदाय नाम थर भएको क्याबिन क्रु मनीषा थापा सम्बन्धी विवरणहरू अझै आउन बाँकी छ।*


लण्डन उडानका लागि तय गरिएको बोइङ ७८७ ड्रीमलाइनर एयर इन्डिया विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो।


मणिपुरका ती क्याबिन क्रु सदस्यहरू मृत अवस्थामा फेला पर्ने आशंका गरिएको छ।


गोर्खा समुदायकी क्याबिन क्रु मनीषा थापासम्बन्धी विवरणहरू अझै आउन बाँकी छ।  

नन्द किराती देवान 

 भारतीय गोर्खा परिसंघ


संजय मल्ल

संस्थापक अंतर्राष्ट्रीय अध्यक्ष व संपादक

 गोरखा इंटरनेशनल 


No comments:

Post a Comment

Bottom Ad [Post Page]